कांग्रसले षड्यन्त्र गरेर दाहाल सरकारलाई समर्थन गरेको हो भने त्यो सफल हुदैन : अध्यक्ष ओली
वि.सं.२०७९ पुस २६ मंगलवार १६:००
shares

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले षडयन्त्रका साथ कांग्रसले सरकारलाई समर्थन गरेको भए सफल नहुने स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको छलफलका क्रममा ओलीले कांग्रेसले सरकारलाई समर्थन गर्नु स्वागत योग्य भएपनि कुनै जाल गरेर समर्थन गरेको भए सफल नहुने स्पष्ट पारेका हुन् ।
सरकारलाई कांग्रेसले गरेको समर्थन ढोक्सा हो भने ढोक्सा रित्तै हुने उनले बताए । त्यस्तै अध्यक्ष ओलीले संसद बिघटनका बिषयमा आफू अनुकुल व्याख्या नगर्न पनि कांग्रेस सभापति शेर बहादुर देउवालाई सुझाव दिए । उनले कांग्रेसले २०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर असोज १८ र माघ १९ पुगेको स्मरण गराए । अध्यक्ष ओलीले सरकारले अघि सारेका कार्यक्रम र प्रतिवद्धता पूरा गर्न कठिन रहेको भन्दै चूनौतीका साथ पूरा गर्ने दावी गरे ।
हिजोका कमीकमजोरीहरुलाई हटाएर अगाडि बढ्नका लागि वर्तमान सरकारलाई सफलताका साथ अघि बढाउनुपर्ने उनले बताए ।


































