विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बामगती प्रदेशको सभामुखमा पाठकले उम्मेदवारी दिने

650
shares

 

हेटौंडा । बागमती प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका भुवन पाठकले उम्मेदवारी दिने भएका छन् । सत्तारुढ गठवन्धनबाट पाठकले भोलि सभामुख पदमा मनोनयन दर्ता गर्नेछन् ।
सात दलीय सत्ता गठबन्धनको भागबन्डामा बागमती प्रदेशको सभामुख राप्रपाले पाएको थियो । सोहीअनुसार राप्रपाका महामन्त्री पाठकले सभामुखमा उम्मेदवारी दिने भएका हुन् ।
सभामुखमा उम्मेदवारी दिने निश्चित भएपछि पाठकले भने, मलाई हाम्रो पार्टी र गठबन्धनले विश्वास गरेर सभामुखको जिम्मेवारी दिन लागेको छ । म उहाँहरुको विश्वासलाई कायम गर्नेछु ।’
पाठक आफुभन्दा जुनियर केन्द्रीय सदस्य उद्धव थापालाई दलको नेता बन्न सहयोग गरेर आफू भने सभामुख बन्न भएका थिए ।
सत्ता गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो । एमालेले बिहीबारमात्र दलको बैठक गरेर उपसभामुखको उम्मेदवार चयन गर्ने एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports