आज सत्ता गठबन्धनको बैठक बस्दै मन्त्रिपरिषद बिस्तार मुख्य एजेण्डा
वि.सं.२०७९ पुस २८ बिहीवार ०८:३७
shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बिहीबार बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी सहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन ।
आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबन्डा टुंगो लगाउने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ ।
प्रचण्डले बुधवार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओली सँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए । प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए ।



































