प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन (फोटो सहित)

728
shares

काठमाडौं – चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर इलाममा १६ औं चरणको सत्याग्रह शुरु गरेका डा. गोविन्द केसीको समर्थनमा आज (शनिबार) काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

सोलिडारिटी फर डा केसी एलाइन्सले डा. केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै  प्रदर्शन गरेको हो । सो संस्थामा आबद्ध एक समूहले उनीहरुले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

१५औँ अनशनका क्रममा सरकारले आफूसँग गरेको सम्झौता विपरित संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट विधयेकमाथिको प्रतिवेदन पारित भएपछि डा. केसीले इलामबाट १६ औँ सत्याग्रह पुस २५ मा ६ बुँदे माग राखेर सुरु गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports