ज्ञानेन्द्र शाही भन्छन्–‘अब अमेरिका नै नेपाल छिर्दैछ, देशनै नरहे कहाँ बस्ने हामी ?’
वि.सं.२०७८ भदौ २२ मंगलवार १०:४१
shares
काठमाडौ । ‘हाम्रो नेपाल हामी नेपाली’ ले एमसिसी सम्झौताविरुद्ध आज (मंगलबार) ४ बजे लगनखेल बसपार्कमा विरोधसभा हुने भएको छ ।
यसबीच ‘हाम्रो नेपाल, हामी नेपाली’ का संयोजक तथा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले राजनीतिक दलका नेताहरूले एमसीसीको बारेमा हाँस्यास्पद व्याख्या गर्दै हिँडेको आरोप लगाएका छन् ।
उनले अमेरिकाका आन्तरिक स्वार्थको कारण नेपाललाई फसाइन लागेकाले नेपाल सक्किने उनको भनाई थियो । उनले यसअघि नेपाली जनताले गरेका आन्दोलन सत्ताको लागिमात्र थियो भन्दै अब हुने आन्दोलन देशका लागि हुने पनि बताए ।
उनले अमेरिकाले नेपालीहरुबीच झगडा लगाएर देश हातमा लिन लिन खोजिरहेको आरोप लगाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसीका पृष्ठपोषकहरुलाई ७७ पृष्ठ लामो एमसीसी सम्झौता पढेर सुनाउन समेत चुनौती दिएका छन् ।



































