सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

‘सीडीओलाई शक्तिशाली बनाउने भए शान्तिसुरक्षाको कमान्ड पनि केन्द्र सरकारले गरे हुन्छ’

442
shares

काठमाडौं । संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके पनि पञ्चायतकालीन शैलीमा सीडीओमा अधिकार केन्द्रित गरेको भन्दै बिहीबार गृह मन्त्रालय पुगेका प्रदेश मुख्यमन्त्रीहरूले गृहमन्त्रीसँग आक्रोश पोखेका हुन्।

सरकारले प्रदेश सरकारलाई क्रस गर्ने गरी सीडीओलाई अझै अधिकार थपेको भन्दै उनीहरूले शान्ति सुरक्षाको सबै जिम्मा पनि आफैं लिन गृहमन्त्री रामबहादुर थापालाई चुनौती दिएका छन्। ‘प्रदेश सरकारको भूमिकामाथि नै प्रश्न उठ्ने गरी सीडीओलाई झन् शक्तिशाली बनाउने हो भने समग्र शान्ति सुरक्षाको जिम्मा पनि संघीय सरकारले नै लेओस’, गृहमन्त्री भेट्न गएका मुख्यमन्त्रीहरूको भनाइ उद्धृत गर्दै गृहका एक अधिकारीले भने, ‘शान्ति सुरक्षा आफ्नै नियन्त्रणमा राख्न बरु संविधान संशोधन गर्नुस्।’ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यति लामो संघर्ष गरेर ल्याएको संघीयतामा सरकारले अभ्यासचाहिं उल्टो गर्न खोजेको गुनासो गरे।

‘लामो संघर्ष गरेर हामीले ल्याएको संघीयतामा सीडीओलाई झन् शक्तिशाली बनाउने हो भने प्रदेश सरकारको भूमिका चाहिं के? हामीले सीडीओलाई प्रदेशमातहत नै ल्याएर शान्ति सुरक्षाको कमान्ड पनि प्रदेशमै हुनुपर्ने भनेका छौं’, उनले भने, ‘अहिलेकै अवस्थामा प्रदेश सरकारले दिएको सार्वजनिक बिदा अटेर गर्ने सीडीओलाई झन् शक्तिशाली बनाउने हो भने शान्तिसुरक्षाको कमान्ड पनि केन्द्र सरकारले नै गरे हुन्छ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports