kumari
stcnepal

नेपाल इन्स्योरेन्सका अध्यक्ष र संचालक बर्खास्त

काठमाडौं ।नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स कम्पनीका दुई संचालकलाई बर्खास्त गरेको छ । प्राधिकरणले नेपाल इन्स्योरेन्सका अध्यक्ष अर्जुन शर्मा पौडेल र संचालक विष्णु कुमार खेतान अग्रवाललाई बर्खास्त गरेको हो ।

अध्यक्ष पौडेल र संचालक अग्रवाल तेस्रो कार्यकालका लागि कम्पनीको संचालकमा चुनिएका थिए । संस्थागत सुशासन विपरित संचालक रहँदा रहँदै पनि प्राधिकरणले कम्पनी मर्जरमा जाने सहमति अनुसार उनीहरुको नियुक्ति स्वीकृत गरेको थियो । तर, सोमबार प्राधिकरणले पत्राचार गरि अध्यक्ष पौडेल र संचालक अग्रवाललाई बर्खास्त गरेको हो ।

अध्यक्ष पौडेल र संचालक अग्रवालको बर्खास्त संगै बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्सका अर्का संचालक चन्द्रसिंह साउदलाई पनि निगरानीमा राखेको छ । यसअघि नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्स कम्पनी मर्जरमा तयारी समेत रहेको थियो । तर, नेपाल इन्स्योरेन्सका तीन संचालकका कारण सो नै मर्जर भाँडिएको कम्पनीको आरोप समेत छ । मर्जरको बाधक बनेपछि प्राधिकरणले बर्खास्त गरेको बताइएको छ ।

footer