kumari
stcnepal

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेन, आजको बैठक निष्कर्ष बिहीन

काठमाडौँ । सत्ता साझेदार दलमा मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्ष विहीन बनेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बनेको हो ।
बैठक बुधबार बिहान ९ बजे पुनः बसेर सहमति जुटाउन प्रयास गरिने नेताहरूले बताएका छन् ।

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफल गर्दै आए पनि सहमति जुट्न नसकेको हो । मंगलबार बिहान मात्रै प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेताहरु सँग छलफल गरेका थिए । छलफलमा समाजवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो भने प्रचण्डले दुई वटा भन्दा बढी दिन नसकिने बताएका थिए ।

यस्तै कांग्रेसले आठ मन्त्रालय पाउने भनिएपनि मन्त्रालयमा सहमति जुट्न सकेको छैन । यस्तै जसपा सहित अन्य साना दलले पाउने मन्त्रालयमा पनि सहमति जुट्न नसकेको बताइएको छ ।

footer