kumari
stcnepal

मन्त्रालयको भागबण्डा मिलाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं ।मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान नौ बजेका लागि बोलाइएको छ ।

हिजो बेलुका बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए । त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ-आफ्ना राय सुझाव प्रस्तुत गर्ने छन् ।त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ ।

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तार बारे छलफल हुने नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।हिजोको बैठकमा मन्त्रालय भागबण्डामा सहमति भने जुटेको थिएन । नेपाली कांग्रेसले आठ, नेकपा एकीकृत समाजवादी र जसपाले तीन/तीन र लोसपाले दुई मन्त्रालयमा दाबी नछाडेपछि सहमति नजुटेको स्रोतले बतायो ।

 

footer