kumari
stcnepal

मैले प्रधानमन्त्री छाडेपछि देशको भूगोल खुम्चियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि सीमा खुम्चिएर देशको आकार सानो भएको बताएका छन् । उनले आफू प्रधानमन्त्री हुँदा देशको आकार जत्रो थियो त्यो आकारमा अहिले देश नरहेको बताएका छन् । एमाले पाल्पाले आयोजना गरेको कार्यक्रममा उनले पुर्वप्रधानमन्त्री शेरबाहदुर देउवा र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले देशको भूगोल खुम्च्याएर सानो बनाएको बताए ।

उनले भने,‘राम्रो काम गर्न थालेपछि नेकपा एमालेलाई काम गर्न दिइएन, हटाइयो, त्यसपछि डेढ वर्षमा हाम्रो देशको भूगोल अलिकति सानो हुनपुग्यो, सीमा मिचिने काम भयो । मैले प्रधानमन्त्री बाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरुले अलिकति खुम्च्याए, घटेको छ । अलिकति सीमा खुम्चिएको कुरालाई उनीहरुले नदेखेझैं गरेका छन् । सीमा रक्षा गर्ने सरकारमा हुनेहरुको कर्तव्य भए पनि उनीहरुले नदेखे जस्तो गरेका छन् । ‘ए हो र मैले त देखिन ‘! कस्तो दलाली, कस्तो चाकडी गर्ने सकेकोको ।’

ओलीले भारत तर्फ संकेत गर्दै अब आफू विरुद्ध प्रचण्ड र देउवा कुरा लगाउन जाने टिप्पणी गरे । उनले आफुले यति बोलेपछि कुम्लो कुटुरो बोकेर कुरा लाउन जाने र हजुर पाल्पामा केपी ओलीले नेपालको सीमा घटायो भन्यो नि त्यसलाई आउन दिनु हुदैन भनेर सिफारि गर्ने बताए । ओलीले अब आफूलाई प्रधानमन्त्री बन्ने रहर नभएको बताए । ‘प्रधानमन्त्री बनिसकेँ, काम गरेर देखाइसकेँ, तपाईहरुले माया गर्नुभएको छ, मलाई पुगेको छ’ उनले भने, ‘तर देश त जोगिनुपर्याे नि देशको रक्षा हुनुपर्याे ।’

footer