राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त
वि.सं.२०७९ चैत २६ आइतवार १४:०१
shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गरेका छन् । नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।
खोटाङका पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुन् । राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिसकेका छन् ।
राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर, परराष्ट्र सल्लाहकारमा डा सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी पौडेल, निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् ।



































