विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिंहदरबारको फोहोर उठाउन बन्द

767
shares

काठमाडों । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबार देखि उठाउन छोडेको छ । महानगरपालिकाको काममा सिंहदरबार बाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह(बालेन)ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए । त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो ।

‘हाम्रो वडामा सिंहदरबार बाहेक सबै स्थानको फोहोर उठिरहेको छ,’ ११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकारले भने, ‘सिंहदरबारको फोहोर बारे वडामा छलफल नभएपनि रोकिएको जानकारी चाहिँ छ ।’ फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले काठमाडौंका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको बताए । ‘हामीले सिंहदरबारको फोहोर उठाएर बञ्चरेडाँडा लैजान गरेका थियौं, मेयर साबले फोन गरेर बञ्चरेडाँडामा नलैजानु भनेपछि हामीले रोकेका हौं ।

फोहोर उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक समेत रहेका घिमिरेका अनुसार सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उठ्ने गरेको थियो । सिंहदरबार बाट उठेको फोहोर ल्याण्डफिल साइट बञ्चरेडाँडा लैजाने गरेको घिमिरेले बताए ।परिवर्तन सेवा प्रालिले सहरी विकास मन्त्रालय अन्तर्गत ठेक्का मार्फत सिंहदरबारको फोहोर उठाउँदै आएको थियो । फोहोर उठाउन सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले घिमिरेलाई फोन गरेर निर्देशन दिए पनि मेयर बालेनले ‘बञ्चरेडाँडामा सिंहदरबारको फोहोर जाँदैन, तपाईंहरुले नउठाउनुस’ भनेपछि आइतबारदेखि फोहोर रोकिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports