kumari
stcnepal

आज थपिए ३० जना कोरोनाका संक्रमित

काठमाडौँ । देशभर थप ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९४४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जना तथा एन्टीजेन विधिबाट १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ जना सङ्क्रमणमुक्त भएका हुन् । योसँगै देशभर पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ पुगेको छ ।

सक्रिय सङ्क्रमित मध्ये संस्थागत आइसोलेसनमा ८ जना, आईसीयूमा १ जना तथा भेन्टिलेटरमा १ जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ ।

 

footer