सरकारको निति तथा कार्यक्रम निबन्ध जस्तो पारित गर्न मिल्दैन, बिरोध योग्य रहेको छ : अध्यक्ष ओली
वि.सं.२०८० जेठ ६ शनिवार १६:५१
shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा फाल्तु विषयमात्रै समेटिएको आरोप लगाएका छन् ।एमाले संसदीय दलको बैठकमा सांसदहरूलाई निर्देशन दिँदै ओलीले नीति तथा कार्यक्रम समर्थन र स्वीकार योग्य नभएको भन्दै विरोध गर्न भनेका हुन् ।
‘यसको वर्षको नीति तथा कार्यक्रमले यस वर्ष यहाँ पुग्छौं यति गर्छौं भन्नुपर्ने हो । तर डेमोक्रेसी भनेको के हो भनेर क्याम्पसमा पढाए जस्तो गरी आएको छ । पुराना नीति कार्यक्रम र दस्तावेज बाट पनि तानिएका शब्दावली, वाक्य र प्याराग्राफ छन्’ ओलीले भने, ‘यसकारण कुनै मार्गदर्शन नभएको, स्वीकार योग्य नभएको कार्यक्रम विरोध योग्य छ । यसमा समर्थन गर्न मिल्दैन । फाल्तु नीतिका रुपमा दस्तावेज पेस हुनु दुःखद हो । यसलाई पास गर्न मिल्दैन । यसको विरोध हुनुपर्छ । हाम्रो मुख्य पोजिसन यही हो ।’



































