नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा तोकिए फोकल पर्सन

663
shares

नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई ‘फोकल पर्सन’ तोकेर उपचारमा खटाउने भएको छ । मुलुकभरका विभिन्न अस्पतालमा कार्यरत १४ जना डाक्टरलाई मंकीपक्स रोगको उपचारका लागि फोकल पर्सन तोकेको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार मेची अस्पतालमा डा. केशव ढकाल, कोशी अस्पतालमा डा. सीबी झा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूचना मरहट्टा, जनकपुर अस्पतालमा डा.रामज्ञान यादव, वीरगञ्ज अस्पतालमा डा. अतुलेशकुमार चौरसिया, गण्डकी अस्पतालमा डा.आन्नद नेपाललाई फोकल पर्सन तोकिएको छ ।

त्यस्तै, भरतपुर अस्पतालमा डा. शाशी हिराचन, वीर अस्पतालमा डा. निरज पराजुली, टेकु अस्पतालमा डा. सर्वेन्द्र झा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मोनिका काफ्रले, लुम्बिनी प्रादेशिक अस्पतालमा डा. मणिलाल श्रेष्ठ, भेरी अस्पतालमा डा. बद्री चापागाई, सुर्खेत अस्पतालमा डा. सुस्मिता प्रधान र सेती अस्पतालमा डा. दिनेश सिवाकोटी फोकल पर्सन तोकिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports