नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफ्ना सबै ऋणीलाई सबै खाले ॠणको ब्याजमा छुट दिने राष्ट्रिय बाणिज्य बैकको निर्णय

728
shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यवसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै ऋणीलाई ब्याज छुट दिने निर्णय गरेको छ । बैंकले २०८० असार १ गते देखि ३१ गते सम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरुलाई छुट दिने निर्णय गरेको हो ।

बैंकका अनुसार ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब), जतिसुकै अवधिको ओभरड्यु, नर्मल तथा पेनल भुक्तानीमा समेत छुट प्रदान गरिनेछ । ब्याज छुट रकम सम्बन्धित ऋणीको खातामा फिर्ता/जम्मा गरिनेछ । बैंक यो अवसरको लाभ लिन बैंकले सम्बन्धित सम्पूर्ण ऋणिहरुलाई अनुरोध गरेको छ ।

बैंकले हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २७२ वटा शाखा कार्यालय, ५४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गरिरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports