नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नागरिता विधेयकमा सरकारले नै राजनितिकरण गर्यो : अध्यक्ष लिङदेन

806
shares

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलले सत्तापक्षले नागरिकता विधेयकलाई भोट बैंकको रुपमा प्रयोग गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूहरुले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रक्रियामा प्रश्न उठाएको बताए ।

उनले भने, ‘सत्तापक्ष यदि इमान्दार थियो भने जहाँ गएर अड्किएको थियो । त्यहाँ विवाद हुन्छ भन्ने सत्तापक्षलाई थाहा थियो । त्यसलाई अगाडि बढाउन सर्वदलीय बैठक राख्न सकिन्थ्यो कि सकिँदैनथ्यो ? तर, भारत भ्रमणमा जानुअघि सुटुक्क प्रमाणीकरण गर्नुपर्ने कारण के थियो ? अहिले रोकिएको एमाले, रास्वपा र राप्रपाको कारणले रोकिएको हो ? हामीले गएर मुद्दा हालेको हो ? तपाईंहरुलाई थाहा थियो । भारत पनि खुशी हुन्छ, नागरिकता नपाएका पनि खुशी हुन्छन् कसै न कसैले अदालतमा उजुरी हालिहाल्छ ।’ सरकारले समस्याको समाधान चाहेमा संसदमा ल्याएर फास्ट ट्रयाकबाट टुंग्याउन सकिने बताए । उनले नागरिकलाई राजनीतिकरण नगर्न पनि आग्रह गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports