नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवि लामिछानेलाई पदमुक्त गर्न परेको रिट निवेदन सर्वोच्चद्वारा खारेज

585
shares

रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहित परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अमेरिकी ‘सिटिजनशिप’ त्यागेको निस्सा नबुझाई नागरिकता प्राप्त गरेकाले पुन: रवि लामिछानेको सांसद पद खारेज गर्नुपर्ने माग सहित परेको रिट संवैधानिक इजलासले बुधवार खारेज गरिदिएको हो ।

अघिल्लोपटक नागरिकता अवैध ठहर भएर रवि सर्वोच्चबाटै पदमुक्त भएका थिए । वैशाख १० मा भएको उपनिर्वाचनपछि निर्वाचित भएर रवि पुन: संसदमा आएका हुन् ।

अहिले पनि उनी सांसद पदमा रहन अयोग्य रहेको भन्दै युवराज सफलले निर्वाचन आयोग समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सम्मिलित संवैधानिक इजलासले रिट खारेजीको फैसला गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports