नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मीनबहादुरलाई थुनामा नराखी अनुसन्धान गर्दा साक्षी तथा जाहेरवालालाई प्रभावमा पार्न सक्छन् : सर्वोच्चलाई एआईजीको जवाफ

819
shares

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) किरण बज्राचार्यले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएकी छन् । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई ललिता निवास प्रकरणमा ‘गैरकानुनी थुना’मा राखेको भन्दै उनकी बुहारी विद्या गुरुङले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले ‘कारण देखाऊ’ आदेश जारी गरेर २४ घण्टा भित्र लिखित  जवाफ पेस गर्न आदेश गरेको थियो । रिट निवेदक प्रभावशाली व्यक्ति भएको उल्लेख गर्दै एआईजी बज्राचार्यले उनलाई थुनामा नराख्दा ‘अनुसन्धान प्रभावित हुने’ जिकिर गरेकी छन् । ‘निज रिट निवेदक भाटभटेनी सुपर मार्केटको मुख्य संस्थापक एवं प्रवर्धक तथा उद्योग व्यवसायी एवं प्रभावशाली व्यक्ति भएको हुँदा निजलाई थुनामा नराखी अनुसन्धान गर्दा साक्षी तथा जाहेरवालालाई प्रभावमा पार्न सक्छन्’ बज्राचार्यले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा भनिएको छ–‘सबुत प्रमाण नष्ट गर्न सक्ने, अन्य प्रतिवादीहरूलाई भाग्न मद्दत गर्न सक्ने प्रबल सम्भावना देखिएको हुनाले निजलाई थुनामा नराखी अनुसन्धान गर्दा पुरै अनुसन्धान प्रभावित भई तथ्यपरक अनुसन्धान गर्न र अपराधको सञ्जाल पहिचान तथा तहकिकातमा कठिनाइ हुने अवस्था देखिन्छ ।’

अख्तियार प्राप्त अधिकारी समक्ष गुरुङको बयान गराउन बाँकी हुनाले निजलाई थुनामा राख्नुपर्ने एआईजी बज्राचार्यले उल्लेख गरेकी छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports