kumari
stcnepal

नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो लाभांशको घोषणा

 

काठमाडौं । हिमालयन बैकसग मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने बैंकले घोषणा गरेको हो ।

घोषणा गरिएको १६ प्रतिशत लाभांश मध्ये ११.२४ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत गरी ४.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले बताएको छ ।

कम्पनीले निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जमा गराइसकेको छ । अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ । साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर दिनेछ ।

footer