kumari
stcnepal

२०२१ मा नेपालले लगातार दोस्रो जित फाइनलामा पुग्ने सम्भावना

 

काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ ले पराजित गरेको हो । नेपालको लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले गोल गरे । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो ।
लगातार दोस्रो जितपछि ६ अंक जोडेको नेपालले शीर्ष स्थानमा रहँदै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । श्रीलंकाको भने यो लगातार दोस्रो हार हो ।
निकै प्रतिस्पर्धात्मक भएको खेलमा श्रीलंकाले सुरुआतदेखि नै नेपालमाथि दबाब राख्न खोजे पनि नेपालले बल पोजेसनमा भने सुरुआतदेखि अन्तिमसम्म नै पकड राख्यो । मालेस्थित नेशनल स्टेडियममा भएको खेलको ३१औं मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

राष्ट्रिय टिमका लागि सुमनको यो पहिलो गोल हो । पहिलो हाफमा नेपालले अग्रता कायमै राख्यो । दोस्रो हाफको सुरुमै नेपालले गोल थप्यो । ५०औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । अन्जनले रिबाउण्ड बलमा गोल गरेका हुन् ।

footer