विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कानुन र सरकार निर्माणका लागि संघ र प्रदेश संसदको महत्त्वपूर्ण भूमिका छ : सभामुख घिमिरे

611
shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघियता बलियो बनाउने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौंको चन्द्रागिरीमा सुरू भएको संघीय संसद र प्रदेशसभाको अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले जनताका आवश्यकतालाई सम्बोधन हुनेगरि कानुन र सरकार निर्माणका लागि संघ र प्रदेश संसदको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

देशका सातवटै प्रदेशका सभामुख र उपसभामुख सहित सहभागी भएको कार्यक्रममा बोल्दै उनले अहिले जनताका आवश्यकता पूरा नभएकोले संघियता आवश्यक थिएन कि भन्ने बहज सिर्जना भएकोले संघ र प्रदेशले काम गर्न नसक्नुका कारण र समस्या पहिचान गरी त्यसलाई हल गर्न राजनीतिक दल र सरकारको भूमिका महत्वपूर्ण हुने बताए । त्यसबारे भेलाले निचोड निकाल्ने विश्वास समेत व्यक्त गरे ।

सभामुख, उपसभामुख लगायत सहभागी सो भेलाले उपयुक्त खालका विधेयकलाई अघि बढाएर कानुन निर्माण गर्न र कानुन लागू गर्न सरकारलाई निर्देशन दिने बिषयमा छलफल केन्द्रीत हुने विश्वास पनि सभामुख घिमिरेले व्यक्त गरे । संघ र प्रदेशसभाको अनुभव आदान प्रदानको कार्यक्रम यहि साउन ७ गतेसम्म चल्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports