विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मानहानी मुद्धामा राहुल गान्धीलाई राहत, सांसद पद फर्कियो

559
shares

मानहानिको मुद्दामा भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई त्यहाँको सुप्रिम कोर्ट (सर्वोच्च अदालत)ले सफाइ दिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध दिएको एक अभिव्यक्तिलाई मानहानीको मुद्दा खेपिरहेका उनलाई सुप्रिम कोर्टले सफाइ दिएको बीबीसीले जनाएको छ । यसअघि तल्लो अदालतले दिएको आदेश खारेज गर्दै सर्वोच्चले उनलाई अब अभिव्यक्ति दिँदा ध्यान दिन भनेको छ ।

यसअघि यही मामलामा गुजरातको सेशन कोर्टले उनलाई दुई वर्षको सजाय सुनाइएको थियो । सेशन कोर्टको फेसला सँगै उनको सांसद पद गुमेको थियो । सेशन कोर्टको फैसला विरुद्ध उनी सर्वोच्च पुगेका थिए । अब उनको सांसद पद समेत पुनर्बहाली हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सन् २०१९ मा एक भाषणमा गान्धीले ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है? (सबै चोरको थर मोदी किन हुन्छ ?’ भनि बोलेका थिए। उनको अभिव्यक्ति विरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports