विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका समयमा राष्ट्रहित भन्दा पनि सत्ता स्वार्थका लागि मात्रै सम्झौता सहमतिहरू भएको अध्यक्ष ओलीको आरोप

507
shares

ठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितका सवालमा सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित वर्तमान अनतराष्ट्रिय परिस्थिती र नेपालको नीति सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाल र नेपालीको आवश्यकता, राष्ट्रिय हितका लागि सरकार र जुनसुकै दलले ल्याएका कुराहरूलाई आफ्नो पार्टीको समर्थन रहने उनले बताए ।

अन्तराष्ट्रिय सम्बनध निर्माणबारे सरकारले मनपरी गर्दै जाने र देशको अहित हुने निर्णय, सन्धि सम्झौता गर्ने विषयलाई भने आफूले समर्थन नगर्ने उनले बताए । सरकारले छिमेकी देशहरूसँग गर्ने सहमति सम्झौताका विषयमा सबैले थाहा पाउनुपर्ने भए पनि त्यो परम्परा नभएका उनको बताए ।

अध्यक्ष ओलीले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका समयमा राष्ट्रहित भन्दा पनि सत्ता स्वार्थका लागि मात्रै सम्झौता सहमतिहरू भएको आरोप समेत लगाए । प्रधानमनत्रीको भ्रमणको क्रममा भारतसँग भएका धेरै साना ठुला सम्झौताबारे अझै कसैलाई जानकारी नभएको उनको भनाई थियो । कार्यक्रममा बोल्दै उनले सार्कलाई निष्क्रिय बनाईएकामा गुनासो समेत गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports