सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

390
shares

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बिहान ११ बजे बोलाइएको छ । आज बस्ने स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। हिजो(शनिबार) बसेको बैठकमा १८ जना सदस्यले आफ्ना धारणा राखेको उनले बताए ।

आजसम्म चल्ने बैठकमा स्थापना भएको दुई वर्षसम्म पार्टीले गरेका गतिविधिका विषयमा समीक्षात्मक धारणा राख्ने र त्यस आधारमा निष्कर्ष निकालिने खतिवडाले बताए। शनिबारको छलफलमा सरकारको गतिविधि, समाजवादी पार्टीको भूमिका र समाजवादी मोर्चाबारे सदस्यहरूले धारणा राखेको स्थायी कमिटी सदस्य तुलबहादुर गुरूङले जानकारी दिए। त्यस्तै महाधिवेशनबारे पनि छलफल भएको उनले बताए। एकीकृत समाजवादीले ३५ सदस्यीय पदाधिकारी बनाएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports