सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीए नेपालको विद्युत् प्रसारण आयोजना अन्तर्गत जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न आग्रह

390
shares

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे सब स्टेसन देखि नयाँ दमौली सब स्टेसन खण्ड अन्तर्गत चितवन जिल्लाको इच्छाकामना गाउँपालिका र नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकामा पर्ने जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै एमसीए नेपालले जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख बिरुवा समेत स्थायी रूपमा अधिग्रहण गर्ने प्रयोजन र जग्गाको स्वामित्वमा फरक पर्न गएको भएमा सो समेतको दावीका लागि आग्रह गरेको हो । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सरोकारवाला व्यक्तिले प्राप्त गरिने जग्गामा यदि कुनै घर, टहरा, रुखविरुवा बालीनाली लगायत अन्य संरचना भए सो समेतको मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न आ-आफ्नो हकदैया वा भोगचलन सम्बन्धी निस्सा प्रमाण सहित रितपूर्वकको निवेदन यस कार्यालयमा दिनुहुन जानकारी गराइन्छ, सूचनामा भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports