सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुई अन्तराष्ट्रिय अवार्ड

754
shares

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । इन्स्योरेन्स एसिया सिंगापुरले, हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुईवटा प्रतिष्ठित पुरस्कारले सम्मानित गरेको हो । २०२३ जुलाई २९ मा सिंगापुरमा आयोजित एक भव्य समारोहका विच Insurance Inclusion Initiative of the year Nepal New Insurance Product of the Year Nepal दुईवटा सम्मानद्वारा कम्पनीलाई समानित गरेको छ ।

उक्त सम्मान समाराेहमा कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले संयुक्तरूपमा ग्रहण गरेका हुन् । एशियाकै ख्यातीप्राप्त बीमा समिक्षकहरु PWC Hong Kong. Ernst and Young LLP (EYA KPMG Singapore र Deloittee ले हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उक्त पुरस्कारको लागि छनौट गरेको थियो । बीमा व्यवसायलाई समय सापेक्ष प्रविधिमैत्री, आधुनिक र व्यावसायिक बनाउदै लैजाने हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रयासलाई पहिचान गरी सम्मानित भएको छ ।

पुरस्कार प्राप्त गरेकोमा कम्पनीले आइतबार होटल हिमालय, ललितपुरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी अध्यक्ष सुर्य प्रसाद शिलवालको उपस्थितिमा एक समारोह आयोजना गरी खुशियाली मनाएको छ । उक्त अवसरमा बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद शिलवाल र कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले संयुक्त रुपमा उक्त पुरस्कारहरु सार्वजनिक गरेका हुन् ।

उक्त अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्षबाट कम्पनीलाई बधाई ज्ञापन गर्दै त्यस्ता अन्तर्राष्ट्रिय पुरस्कारहरुबाट नेपाली बीमा क्षेत्रको गरिमा बढ्ने कुरा उल्लेख गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले यस्ता पुरस्कार प्राप्तीले नेपाली बीमा क्षेत्रलाई थप उचाई पुराउने बताए । “उक्त अवार्डबाट हामी उत्साहित भएका छौ” शाहले भने, “आउदा दिनहरुमा कम्पनीलाई अझ प्रविधि मैत्री र आधुनिकरण गर्दै लैजान प्रेरणा मिलेको छ ।”

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports