विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि नभएर अन्य देशका लागि मात्र : भारतीय प्रधानमन्त्री मोदी

702
shares

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि नभएर अन्य देशका लागि मात्र भएको प्रष्ट पारेका छन् । :

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग फोन संवाद गर्दै भारतीय प्रधानमन्त्री मोदीले सो कुरा स्पष्ट पारेका हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार फोन संवादमा प्रधानमन्त्री प्रचण्डले चामल निर्यातबारे राखेको जिज्ञासामा उनले नेपालका लागि निर्यातमा रोक नलगाएको स्पष्ट गरेका थिए । पहिला पनि चामल अन्य देशका लागि निर्यातमा रोक लगाए पनि नेपालका लागि थिएन । यसपटक पनि त्यस्तै रहेको प्रधानमन्त्री मोदीले स्पष्ट पारेको स्रोतले जनाएको छ । नेपालले भारत बाट चामल आयात गर्न सक्छ, कुनै रोकटोक नभएको कुरा पनि प्रष्ट गरेको स्रोतले दाबी गरेको छ ।

दुई प्रधानमन्त्री बीच फोन संवाद हुनुभन्दा पहिले कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए । सो छलफलमा भारतले चामल निर्यातमा रोक लगाउँदा नेपालमा मूल्य वृद्धि भइरहेकोले भारतबाट आयातमा सहजीकरण गरिदिन आग्रह गरेका थिए । सो आग्रहपछि राजदूत श्रीवास्तवले नेपालको हकमा निर्यातमा रोक लगाएको होइन, नेपालले चाहे जति आयात गर्न सक्ने प्रतिक्रिया दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports