विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन राजनीतिक दलका शीर्ष नेताहरु सँग छलफल गर्दै

611
shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउने र संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दै छन् ।

सभामुख घिमिरेले आज दिउँसो १२ बजे सिंहदरबारमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् । नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ ।

संसदको अवरोध खुलाउन पहल स्वरुप सभामुख घिमिरेले आइतबार पनि प्रमुख सचेतक र सचेतकहरु सँग छलफल गरेका थिए । सो छलफलले शीर्ष नेताहरुसँग नै छलफल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसैले आज दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठक अघि सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports