२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केही बैकहरुले व्याजदर घटाए केहीले बढाए

936
shares

 

काठमाडौं । आज कात्तिक १देखि निक्षेपमा नयाँ ब्याजदर लागू भएको छ । कात्तिक महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गर्ने बैंकहरु मध्ये अधिकांशको दर बढेको छ ।

बैंकको ब्याजदर पछिल्लो ३ वर्ष यताकै महंगो भएको थियो । २०७५ मंसिरमा बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव हुँदा बैंकहरुले आक्रामक रुपमा ब्याजदर बढाएका थिए । बैंकहरुले अत्यधिक रुपमा ब्याजदर बढाएपछि त्यसबेला एकल अंकमा ब्याजदर कायम गर्ने भन्दै सीईओहरुले भद्र सहमति गरेका थिए । आजदेखि लागू भएको ब्याजदर त्यसयताकै उच्च हो ।

कात्तिक महिनाका लागि आधा दर्जन बैंकहरुले यस वर्षकै उच्च ब्याजदर सार्वजनिक गरेका छन् । अघिल्लो महिना सबैभन्दा महंगो ब्याजदर सार्वजनिक गरेर चर्चामा आएको सनराइज बैंकले भने यतिबेला संयमता अपनाएको छ ।

अघिल्लो महिना सनराइजले मुद्दति निक्षेपमा अधिकतम १०.०७ प्रतिशत ब्याजदर दिने उल्लेख गरेको थियो । त्यसबेला बैंकहरु मध्येको सबैभन्दा महंगो यो बैंक बनेको थियो । तर अहिले सनराइज बैंकले भने ब्याजदर घटाएर ९ प्रतिशतमा झारेको छ ।
सनराइज बैंकसँगै सानिमा बैंकले पनि ब्याजदर घटाएको छ । प्रभु बैंकको ब्याजदर स्थिर देखिएको छ । सनराइज लगायतका केही बैंकहरुले ब्याजदरमा संयमता अपनाउदा हिमालयन, एनआइशी एशिया लगायतका केही बैंकहरुले भने आक्रामक रुपमा ब्याजदर बढाएका छन् ।
हिमालन बैंकको निक्षेपमा ११ दशमलव ६६ प्रतिशतसम्म दिने बताएको छ । यो बैंकहरु मध्ये सबैभन्दा धेरै हो । उता कर्जा लगानीमा आक्रामक देखिने गरेको एनआइशी एशिया बैंकले पनि निक्षेपमा महंगो ब्याजदर घोषणा गरेको छ ।
एनआइशी एशियाले ११ दशमलव १० प्रतिशतसम्म ब्याजदर दिने बताएको छ । यो हिमालयन पछि सबैभन्दा धेरै महंगो ब्याजदर हो । यसैगरी लक्ष्मी बैंकले ११.०५ प्रतिशत, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले १०.५५ प्रतिशत र कुमारी बैंकले १०.३१ प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन् ।
निक्षेपको ब्याजदर भनेको बैंकले दिने ब्याजदर हो । तर निक्षेपको ब्याजदर बढेपछि कर्जाको समेत ब्याजदर बढ्छ । यसले उद्योग–व्यवसायको उत्पादनको लागत बढाउने र सर्वसाधारणलाई महगिको मर्का पर्ने निश्चित जस्तै भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports