नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको टीकापुर घटनाको सम्बन्धमा छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी

1.04K
shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनाको सम्बन्धमा छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार सर्वोच्च अदालतले टीकापुर घटनाको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजानिक गरेपछि चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।

सर्वोच्चको पूर्णपाठमा राष्ट्रपतिबाट आम माफी पाएका रेशम चौधरीको रिहाको विषय माथि गम्भीर प्रश्न उठाइएको छ । पूर्णपाठमा रेशम चौधरीकै नेतृत्वमा टीकापुर घटना भएको उल्लेख गरिएको छ । सर्वोच्चले उक्त पूर्णपाठ सार्वजनिक गरेपछि रेशमले भने लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उक्त प्रतिवेदन सार्वजानिक नगरे सडक, सदन र सरकारमा आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । अब प्रतिवेदन सार्वजनिक नगरे हामी सडक, सदन, सरकारको साथै सबै प्रकारको आन्दोलन गर्न बाध्य हुनेछौं ।’

उनले समय आए सबै प्रकारको सामना गर्न आफू तयार रहेको पनि बताएका छन् । ‘सबैकुरा मैले बोल्नैपर्छ भन्ने छैन, अन्तरंग सबैकुराले हामी माथिको व्यबहार पुष्टि गर्छ । हामीले सबैकुरा सह्यौँ, सहिराखेकाछौं तर कहिलेसम्म सहने ?’ उनले लेखेका छन्, ‘हाम्रो विशुद्ध राजनीतिमा घुसपैठ गराएर अझै पुनः हाम्रै मान्छे प्रयोग गरेर हामीलाई अलग्याउन खोज्नु कदापि राम्रो होइन । हामीले हामी भित्रका गद्दार चिनेका छौं तर मुख खोलेका छैनौं, यसको मतलब यो होइन कि हामी अन्जान छौं । समय आए सबै प्रकारको सामना गरिन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports