नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको सार्वजनिक कार्यक्रमका लागि पाँच बुँदे मापदण्ड

1.48K
shares

काठमाडौं । नेकपा एमालेले अध्यक्ष बाहेक अरुको फोटो सार्वजनिक कार्यक्रममा प्रयोग गर्न रोक लगाइएको छ ।  अब सार्वजनिक कार्यक्रममा ओली बाहेक अरुको तस्बिर प्रयोगमा ल्याइन नपाइने भएको छ । एमालेले सार्वजनिक कार्यक्रमका लागि पाँच बुँदे मापदण्ड बनाएको छ । जसमा अध्यक्षबाहेको फोटो प्रयोगमा ल्याइन नपाइने उल्लेख छ । यसअघि एमालेले सार्वजनिक कार्यक्रममा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर सार्वजनिक गर्दै आएको थियो ।

एमाले उपमहासचिव विष्णु रिमालले साउन २९ गते बसेको बैठकको निर्णय भन्दै सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापन सम्बन्धि निर्णय एमालेले नियमित परिप त्रमार्फत् पार्टी पंक्तिमा प्रेषित गर्ने जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने सचिवालयको निर्णय भएको छ ।’ साथै, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरुलाई दर्शकदीर्घामै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउने, कार्यक्रममा आसन ग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने र कार्यक्रममा ब्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने निर्णय पनि एमालेले गरेको हो ।

यसअघि एमाले अध्यक्ष केपी ओलीले कार्यक्रमहरुमा धेरैलाई आसनग्रहण गराएर समय बर्बाद नगर्न सुझाव आएको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।

एमालेको सार्वजनिक कार्यक्रमबारे पाँचबुँदे मापदण्ड
१. कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने ।
२. मञ्चको प्रयोग वक्ताले मात्र गर्ने ।
३. अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउने ।
४. कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उदघोषण गरिरहेन परम्परा अन्त्य गर्ने ।
५. कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports