विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ब्याजदर बढाउने तिन सरकारी बैकका अध्यक्ष र सियो सँग अर्थमन्त्री रुष्ट, मन्त्रीले लिएर स्पष्टीकरण

663
shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन वटा सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अध्यक्षलाई अर्थ मन्त्रालयमै बोलाएर ब्याजदर बढाउनुको कारण सोधेका छन् ।

कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ, अध्यक्ष रामशरण पुडासैनी, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र अध्यक्ष बलराम पाठक, नेपाल बैंकका कृष्णबहादुर अधिकारी र अध्यक्ष ज्ञानप्रसाद ज्ञवालीलाई अर्थमन्त्रीले शुक्रबार मन्त्रालयमै बोलाएका थिए । अर्थमन्त्री महतले उनीहरुसँग सरकारी बैंकले नै किन सरकारको ब्याजदर घटाउने नीतिलाई असफल बनाउन खोजेको भन्दै स्पष्टीकरण सोधेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

तर, उनीहरुले निक्षेप जोगाउन ब्याजदर बढाउनुपरेको जवाफ अर्थमन्त्रीलाई दिएका छन् । स्रोतका अनुसार कर्जामा भने ब्याजदर नबढाउने प्रतिबद्धता तीनवटै बैंकले गरेका छन् । अर्थमन्त्री उनीहरुको जवाफमा सन्तुष्ट छैनन् । बैंकहरुले बिहीबार भदौको लागि ब्याजदर बढाएको सूचना प्रकाशित गरेका थिए । सबैभन्दा बढी ब्याज दिनेमा नेपाल बैंक पनि रहेको छ । यसले साउनको तुलनामा भदौमा करिब २ प्रतिशतले ब्याजदर बढाएको थियो । नेपाल बैंकले बढाएको ब्याजदर अनुसार मुद्दती निक्षेपमा १०.८९६ प्रतिशत बनाएको थियो । यस्तै कृषि विकास बैंकले पनि सोही ब्याजदर निर्धारण गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले भने १ प्रतिशत ब्याजदर बढाएर ९.९९० प्रतिशत पुर्‍याएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports