सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न्यायिक समितिमा जग्गा विवादका उजुरीको चाङ

650
shares

काठमाडौंं । टोखा नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ । समिति गठन भएयता ४३ उजुरी दर्ता भएकामा जग्गा विवादको २१ वटा उजुरी परेको छ ।

अधिकांश उजुरी साँध सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन गरेको एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी नगरपालिकाको न्यायिक समितिमा पर्ने गरेको उपप्रमुख ज्ञानमाया डंगोलले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा २९ वटा उजरी दर्ता भएकामा १० वटा जग्गा विवाद, पारिवारिक विवादको पाँच, सम्बन्धविच्छेदको चार, घर निर्माणको विवाद दुई र ठगी÷लेनदेनको दुई उजुरी दर्ता भएको बताए ।

यस अवधिमा १८ वटा मुद्दा किनारा लगाइएको छ । दुई उजुरी अदालतमा पठाएको, एउटा कार्यार्थ मालपोत कार्यालयलाई पत्राचार गरेको छ । तीन उजुरी मुलतवीमा राखिएको र बाँकी छ उजुरी प्रक्रियामा रहेको उपप्रमुख डंगोलले बताए ।

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरेपनि घर-जग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी÷लेनदेनका उजुरी न्यायिक समितिमा पर्ने गरेका छन् ।

आर्थिक वर्ष २०७५-७६ मा १३ वटा उजुरी दर्ता भएकामा पाँच घर-जग्गा विवाद सम्बन्धी उजुरी परेको छ । त्यस्तै तीन पारिवारिक विवादका उजुरी दर्ता भएका छन् ।सम्बन्धविच्छेदका दुई वटा उजुरी परेका छन् भने एउटा घर निर्माण विवाद र बाँकी एउटा ठगी ÷लेनदेनसम्बन्धी उजुरी न्यायिक समितिमा दर्ता भएका छन् ।

नगरपालिकामा आउने उजुरी सबै लिखित रुपमा आउने गरेका छन् । उपप्रमुख डङ्गोलको संयोजकत्वमा रहेको समितिमा दुई जना कानून व्यवसायी सदस्य रहेका छन् । समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार इजलास राख्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports