तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाढी पहिरो पिडितलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

715
shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षापछिको बाढी पहिरोका कारण प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरेको छन् ।

सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री देउवाले देशभर भएका क्षतिको विषयमा ब्रिफिङ लिएका छन् भने सो क्रममा उनले मृतकका परिवारका साथै प्रभावितलाई उचित राहत दिने घोषणा गरेका हुन् ।

राहत प्याकेजबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । यसबारे निर्णय लिन केहीबेरमा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकअघि देउवाले विशेषगरी सुदूरपश्चिममा भएको जनधनको क्षतिबारे चासो राखेका थिए । बेमौसमी वर्षाले सुदूरपश्चिममा व्यापक जनधनको क्षति भएपछि देउवाले काँग्रेस नेता रमेश लेखकलाई बालुवाटारमा बोलाएर ब्रिफिङ लिएका हुन् ।

सो क्रममा आफूले प्रधानमन्त्रीलाई मृतकका परिवारलाई क्षतिपूर्ति घाइतेलाई निःशुल्क उपचार र बाढी पहिरोका कारण बालीनालीमा क्षति पुगेका किसानलाई राहतका कार्यक्रम घोषणा गर्न सुझाएको लेखकले बताए । जसअनुसार देउवाले राहत र क्षतिपूर्तिको घोषणा गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports