विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिम्मेवारी लिनेले धेरै बोल्ने होइन, काम गर्ने हो : गगन थापा

520
shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमहामन्त्री महेन्द्र यादव माथि बुधवार भएको सांघातिक आक्रमणको भर्त्सना गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले खुकुरी प्रहार गर्ने व्यक्ति सन्काहा भन्दै घटनालाई थामथुम पार्ने प्रयास भएको आरोप लगाए ।

यस विषयमा गम्भीरताका साथ सरकारले गहिरो अनुसन्धान गरी घटनाको यथार्थ बाहिर ल्याउन उनले ध्यानाकर्षण गराएका छन् । गृहमन्त्री माथि प्रश्न गर्दै थापाले बाहिर हिँड्न वा बोल्न नहुने हो भन्दै आक्रोश पोखे । ‘जिम्मेवारी लिनेले धेरै बोल्ने होइन, काम गर्ने हो । म प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु । संविधानसभा सदस्य भएको व्यक्ति सार्वजनिक कार्यक्रमबाट फर्किएर आउँदा खुकुरी प्रहार हुँदा उहाँहरूलाई पोल्नुपर्छ कि पर्दैन ? बोलेकै आधारमा सांघातिक आक्रमण गरेर जायज ठहराउन सक्छ’, सरकार माथि थापाले प्रश्न उठाए ।

कुनै पनि माध्यमबाट हिंसा जायज छ भन्ने भाष्य स्थापित गराउन खोजियो भने ठुलो गल्ती हुने उनको तर्क थियो । बुधवार राजधानीको रिपोर्टस क्लब नेपालमा भएको कार्यक्रम सकेर बाहिर आएपछि यादव माथि सांघातिक आक्रमण भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports