विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज ओली, दाहाल र माधव नेपाल एउटै मञ्चमा देखिने

130
shares

आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल एकै मञ्चमा देखिने भएका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा उनीहरू सहभागी हुने भएका हुन्।

‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीको प्रमुख आतिथ्य भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तालिका छ।

ओली, प्रचण्ड र नेपालसँगै सो कार्यक्रममा नेताहरू झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुँदै छन्।दुई दिनअघि असार १२ गते मात्र विराटनगरको एक कार्यक्रममा प्रचण्डले एमालेसँग सहकार्य हुन लागेको बताएका थिए।

यसैले आज उनीहरू एउटै मञ्चबाट भाषण गर्न लागेको कार्यक्रमलाई चासोका साथ हेरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports