विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालले जारी गरेको चुच्चे नक्शाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य हो : माधव नेपाल

624
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालले जारी गरेको चुच्चे नक्शाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपालले संसदबाट पारित भएको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको नक्शा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको कि होइन भनेर सरकारलाई प्रश्न समेत गरे ।

‘जानकारी गराइसकेको भए एक्लाएक्लै अनौपचारिक रुपमा गरिएको हो कि ? नेपाल सरकारको तर्फबाट आधिकारिक रुपमा पूर्व परराष्ट्रमन्त्रीजीले जानकारी गराउनुभएको हो,’ नेपालले भने, ‘यदी गराउनुभएको हो भने परराष्ट्र मन्त्रालयबाट कसै न कसैको उपस्थिति भएको हुनुपर्दछ । यदि परराष्ट्र मन्त्रालयमा कुनै कर्मचारीको उपस्थिति थियो भने, कुनै अधिकारीको उपस्थिति थियो भने त्यसको रेकर्ड राख्नेगरेको चलन छ कि छैन ? के के कुराहरु भयो भन्ने राख्ने गरिन्छ कि गरिदैनँ ? त्यो पनि एउटा जिज्ञासा छ ।

हाम्रो सिस्टमले कत्तिको काम गरिरहेको छ ? आधिकारिक रुपमा सबै सूचनाहरु, तथ्य, तथ्यांकहरु रहने गरिएको छ कि छैन ? छ भने त्यसको बारेमा पनि जानकारी होस् ।’ परराष्ट्र सम्बन्धको सन्दर्भमा सरकारले आवश्यक ध्यान पु¥याउन नसकेको पनि नेपालले बताए । उनले परराष्ट्र सम्बन्धमा देखिएका कमी, कमजोरीहरुको समीक्षा गर्दै त्यस्ता कमजोरी आगामी दिनमा दोहोरिन नहुने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports