विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री बालेनले सीमा विवादबारे देशसँग माफी माग्नैपर्छ : एमाले

117
shares

काठमाडौं । नेकपा एमालेले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले माफी माग्नैपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठे । सभामुखले समय दिएपछि एमालेको तर्फबाट बोल्दै सांसद पुष्पराज कंडेलले भने, ‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीजीले देशसँग माफी माग्नैपर्छ ।’गत जेठ १७ गते प्रधानमन्त्री बालेनले संसद्मा बोलेका थिए ।

त्यसदिन उनले भनेका थिए, ‘तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । यो कुरा अस्ति भर्खरै थाहा पाइयो ।’

यस्तो अभिव्यक्ति उपर संसद्मा विपक्षी दलहरूले लविरोध गर्दै आएका छन् । एमाले सांसद कँडेलले प्रधानमन्त्री बालेनको अभिव्यक्ति संसदीय रेकर्डबाट समेत हटाउनुपर्ने माग गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports