विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भदौ २४ पछि मुलुकको राष्ट्रियता कमजोर : प्रचण्ड

390
shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत भदौ २४ पछि मुलुकको राष्ट्रियता कमजोर हुँदै गएको बताएका छन् ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।भदौ २४ पछि प्रतिक्रान्तिकारी कदम बढ्दै गएको बताउँदै उनले भने, ‘नेपालबाट कम्युनिस्ट आन्दोलनको प्रभाव सिद्ध्याउन दुनियाँभरका प्रतिक्रियावादी लागिरहेका छन् ।’

‘यो परिस्थितिमा हामीले ढिलो नगरी राष्ट्रिय स्वाधीनताका पक्षमा, निरकुंशताका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी एकता र सहकार्य गर्नुपर्छ’, प्रचण्डले भने, ‘सहकार्य गर्न ढिलो गर्दा दुर्घटना हुनसक्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports