विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्राप्त उपलब्धिको रक्षाको लागि लाखौं जनता सडकमा उतार्छौँ : प्रधानमन्त्री

637
shares

हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धिको रक्षाको लागि लाखौं जनता सडकमा उतार्ने बताएका छन् । समाजवादी मोर्चाले आइतबार हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीयता र गणतन्त्र माथि प्रतिक्रियावादीहरुले प्रहार गरिरहेको भन्दै त्यस विरूद्ध जनता सडकमा उतार्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रतिक्रियावादी शक्तिहरूले संघीयता र गणतन्त्रलाई होच्याउने काम गरिरहेका छन् । अपमानित गरिरहेका छन् । प्रहार गरिरहेका छन् । जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न समाजवादी मोर्चा बनाइएको हो । केही समयमा प्रतिक्रियावादीहरूको सातो जानेगरी सडकमा लाखौं जनता उतार्छौँ ।’

उनले समाजको एक तप्कालाई सरकारले चालेको सुशासनको अभियान मन नपरेको दावी गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले चालेको सुशासन अभियानबाट आत्तिएकाहरूबाट सुरुदेखि नै एक खालको दबाब महशुस गरिरहेको छु । प्रधानमन्त्री विरूद्ध अदालतमा मुद्दा दायर भएको छ । अभियानबाट समाजका एक तप्का आतंकित छन् । यो सामान्य कुरा होइन ।’ उनले सरकारको अभियानमा माधव, विप्लव र जसपाको बलियो साथ रहेकाले आफूमा आत्मबल बढेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports