त्रिभुपन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सेवा ठप्प पार्ने सहितका आन्दोलनका घोषणा गरे
वि.सं.२०८० भदौ २४ आइतवार १८:०७
shares

काठमाडौँ । त्रिभुपन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सेवा ठप्प पार्ने सहितका आन्दोलनका घोषणा गरेका छन् । आन्दोलन घोषणा गर्दै कर्मचारीहरुले आइतबार विरोधस्वरुप तीन घण्टा पेन डाउन गरेका छन् भने भदौ २५ र २६ गते कार्यालयको कार्गो जाँचपास शाखा मार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य पूर्णरुपमा बन्द गर्ने घोषणा गरेका छन् ।
यसैगरी भदौ २७ गतेभित्र अघि सारिएको ७ बुँदे माग सम्बोधन नभएमा कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरु समेत प्रभावित पार्ने चेतावनी दिइएको छ । यसअघि काम गर्ने वातारण नभएको भन्दै सामुहिक सरुवा माग्ने कर्मचारीहरुले थप माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् ।


































