गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदमा सत्ता र प्रतिपक्षका सांसदबीच दोहरी

572
shares

गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट’ गीतलाई लिएर संसदमै सत्तापक्ष र प्रतिपक्षका सांसदबीच दोहरी चलेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद डा. अमरेशकुमार सिंह ‘लुट्न सके लुट’ गीतसँग डराएर दुई तिहाईको सरकारले प्रतिबन्ध लगाएको भन्दै उनले विरोध गरेपछि संसदमा जुहारी चलेको थियो ।

यसैबीच प्रमुख प्रतिपक्षी दलका सांसद सिंहले ’लुट्न सके लुट कान्छा..’ बोलको गीत गाए बापत गायक शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ’जनताको बोली गाउने गायक शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्दछु ।’ दुई तिहाइको विरोधमा गीत बनाउन पाइन्छ भनेर सरकारले प्रतिबन्ध लगाउन खोजेको पनि उनले आरोप लगाए ।

सांसद सिंहको आरोपलाई सत्तारुढ दल नेकपाका सांसद झपट रावलले खण्डन गर्दै पुरस्कारको समेत आलोचना गरेका छन् । सांसद सिंहले जनताको गीत गाएको भन्दै २५ हजार रुपैयाँ दिने घोषणा गरे लगत्तै सांसद रावलले संसदमै त्यसको विरोध गरेका थिए ।

रावलले सिंहको विरोध गर्दै भने, ‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पारिश्रमिक दिन्छु ।’ उनले सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत गाएका शर्माले अहिले अज्ञानतामा यस्तो गीत गाएको जिकिर गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports