सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजबाट अष्ट्राजेनेकाको दोस्रो डोज खोप विभिन्न ठाउँहरुमा लगाउदैँ

598
shares

 

 

काठमाडौं । काठमाडौं महानगरपालिकाका आठवटै नगरपालिकामा आज कोरोनाविरुद्धको अष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै छ । पहिलो मात्रा लगाएका १८ वर्ष माथिका नागरिकहरुलाई आज दोस्रो मात्रा लगाउन लागिएको हो ।

काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा अष्ट्राजेनेकाको दोस्रो डोज लगाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको हकमा बीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)बाट पनि खोप लगाउन सकिने छ । यी अस्पतालहरुमा आज र भोलि दुई दिन खोप कार्यक्रम राखिएको छ । खोपको दोस्रो मात्रा लगाउन जाँदा पहिलो मात्रा खोप लगाउँदा दिइएको खोप कार्ड बोक्नुपर्ने हुन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports