विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संविधान संशोधन गर्ने बेला भएको छैन : ओली

520
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्ने बेला नभएको बताएका छन् । पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार पार्टी कार्यालयमा गरिएको कार्यक्रममा अध्यक्ष ओलीले अब संविधान संशोधन गर्दा विचार पु¥याएर मात्र गर्नुपर्ने बताएका हुन् ।

यसअघि तत्कालिन आवश्यकता पूरा गर्न दुई पटक संविधान संशोधन गरिएको भन्दै ओलीले भने, ‘अब संविधान संशोधन गर्दा अलिकति बढी, तत्काल चाहिएको विषय मात्र होइन, केही विषय राम्रै छलफल गरेर  गर्नुपर्छ ।’ उनले अगाडि भने, ‘एउटा हिसाबले बेला भएको छ कि छैन के लाग्छ ।’

अहिले पनि मुलुकमा गम्भीरता भन्दा भावनात्मक विचार, प्रायोजित र आयातीत कुराबाट दबाब दिने प्रवृत्ति देखिएको भन्दै ओलीले यस्तो बेला संविधान संशोधन गर्नु उचित नहुने धारणा राखे । ‘…आयातीत कुराबाट प्रेसर गर्ने प्रवृत्ति पनि देखिएको हुनाले, अनेक प्रकारका बेठीक उद्देश्य देखिएकाले तत्काल समुचित ढंगले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने गम्भीर प्रश्न छ, त्यसैले यसमा कुनै हतारो गर्नुपर्ने छैन’ उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports