विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शुक्रबार बाँडफाँट हुने मध्य भोटेकोशीको शेयर

845
shares

काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे बाँडफाँट हुने भएको हो ।

कम्पनीले असोज २० गते देखि २५ गतेसम्म सर्वसाधारण्ढाको लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

निष्काशन गरिएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीभोटेकोशीको शेयर शुक्रबार बाँडफाँट हुने

हरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणको लागि वितरण हुनेछ ।

पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको बाट माग गरिएको भन्दा ४।१९ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको शेयर शेयर वितरण हुनेछ । त्यस अनुसार ८ लाख १९ हजार जनाले १० कित्ता शेयर पाउनेछन् । बाँकी १५ लाख ७४ हजार ४२८ जना आवेदकले शेयर नपाउने देखिन्छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports