विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका एमालेका चार जना केन्द्रीय सदस्यले विधानअनुसार पद गुमाए

481
shares

काठमाडौं । नेकपा एमालेका चार नेताले केन्द्रीय सदस्य पद गुमाएका छन् । केन्द्रीय कमिटीको जिम्मेवारीमा रहँदारहँदै प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका चार जना केन्द्रीय सदस्यले विधानअनुसार पद गुमाएका हुन् । पद गुमाउनेमा लुम्बिनी प्रदेश अध्यक्षमा प्रत्याशी बनेका हरिप्रसाद रिजाल, बागमतीमा कृष्णप्रसाद दाहाल, कोशीमा विनोदप्रसाद ढकाल र गण्डकीमा मायानाथ अधिकारी रहेका छन् ।

प्युठानका रिजाल लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेलसँग २ मतले पराजित भएका थिए भने दाहाल केन्द्रीय सदस्य कैलाश ढुंगेलसँग २ सय ५७ मतले पराजित भएका हुन् । ढुंगेलले ६ सय ९६ मत पाउँदा दाहालले ४ सय ३९ मत ल्याएका थिए । यस्तै कोशी प्रदेश अध्यक्षको प्रत्याशी बनेका मोरङका ढकालले पनि केन्द्रीय सदस्य पद गुमाए । उनी मोरङकै घनश्याम खतिवडासँग ८२ मतान्तरले पराजित भएका थिए ।

गण्डकी प्रदेशमा अधिकारीले पनि केन्द्रीय सदस्य पद गुमाए । बिहीबार अबेर राति सकिएको प्रदेश अधिवेशनमा अधिकारी नवराज शर्मासँग पराजित भएका थिए । म्याग्दीका शर्माले लम्जुङका अधिकारीलाई १ सय ६६ मतले पराजित गरेका थिए। एमालेको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेद्वार भएमा पद गुम्ने प्रावधान छ । त्यहीअनुसार चारै जना केन्द्रीय सदस्यले पद गुमाएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports