विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ता गठबन्धन र सरकार नै अपराधिको संरक्षक ?

520
shares

 

काठमाडौ । पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धनको सरकार सत्ता गठबन्धनलाई बचाई राखनको लागि संविधान ऐन कानुनलाई धज्जी उडाउँदै आएको प्रष्ट भएको छ । संविधानले सर्बोच्च अदालतलाई संविधानको अन्तिम व्याख्या गर्ने अधिकार दिएको र सर्बोच्चको आदेश वा निर्णय नै अन्तिम हुने भनेपनि जिल्ला अदालत, उच्च र सर्बोच्च अदालतले समेत तिनै तहका अदालतले जन्मकैदको फैसला सुनाएका व्यक्तिहरुलाई सरकारले आममाफी दिएर संविधानको धज्जी उडाएको छ ।
संविधान दिवसको उपलब्धमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिएका अधिकांश व्यक्तिहरुले अदालतले तोकेको सजाएको एक भाग मात्र पनि जेल भुक्तानी नगरी आममाफी पाएका छन् । दिउँसै सडकमा गोली प्रहार गर्ने व्यक्तिहरुले समेत आममाफी पाएका छन् ।
सरकारले संविधान ऐन कानुन बमोजिम कार्य नगरी सत्ता गठबन्धनलाई बचाई राख्ने नाममा अपराधीहरुलाई बचाउने र आफ्नो सत्ता स्वार्थ पूरा गर्ने कार्य गरेको हुनाले हालको सत्ता गठबन्धन र सरकार नै अपराधीहरुको संरक्षक बनेको प्रष्ट भएको छ । दिन दहाडै मान्छे मार्ने व्यक्तिहरुलाई आममाफी दिइनुले गर्दा पिडित परिवारहरु अरु पिडित भएका छन् ।
राजनीतिको नाममा अपराधी कार्यमा संलग्न भएकाहरुलाई विश्वका कुनै पनि देशमा माफी दिने प्रचलन रहेको छैन भने नेपालमा समेत संविधान ऐन, कानुन र सर्बोच्च अदालतका निर्णय र आदेशले बन्देज लगाएको भएपनि पुष्पकमल दाहाल नेतृत्वको सरकार र सत्ता गठबन्धनले संविधान ऐन, कानुन र सर्बोच्चको आदेश र निर्णयको धोती लगाउँदै आफ्नो स्वार्थ पूरा गरिरहेका हुनाले अब सत्ता गठबन्धन र दाहाल नेतृत्वको सरकारकै विरुद्धमा जनता सडकमा आउनुपर्ने अवस्था सरकारले सिर्जना गरेको छ ।
एकातिर दाहाल सरकार सुशासनको नारा दिएर थाकेको छैन । सरकारका गृहमन्त्रीले एकै दिनमा ३÷४ वटा भाषण गर्दै पछिल्लो समयमा मुलुकमा सुशासन कायम भएको उद्घोष गरिरहेका छन् । तर तिनै गृहमन्त्री नारायणकाजी श्रेष्ठको सिफारिसमा ज्यानमाराहरु र सर्बोच्च अदालतबाट आजिवन काराबासको सजाए सुनाइएका व्यक्तिहरुलाई आममाफी सरकारले नै दिँदै आएकाले गर्दा सुशासनपनि अपराधीकै पक्षमा रहेको प्रष्ट भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो नेतृत्वको सरकारलाई बचाई राख्न र कांग्रेसलाई आफ्नो भरिया बनाईराख्नका लागि कांग्रेसका जायज, नायाजय सबै प्रकारका मागहरु पूरा गर्न लागि परेका छन् । त्यही कारणले गर्दा संविधान दिवसको उपलक्ष्यमा आममाफी दिएका अधिकांश व्यक्तिहरु नेपाली कांग्रेसकै समर्थक र भातृ संगठनहरुका नेता तथा कार्यकर्ताहरु रहेका छन् ।
सत्ता गठबन्धनमा रहेका दलहरु कांग्रेस, माओवादी केन्द्र, माधव नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादी, जसपा लगायतका दलका नेता तथा कार्यकर्ताहरु जुनसुकै अपराधमा मुछिएका भएपनि उनीहरुलाई संविधान दिवसको उपलक्ष्यमा आममाफी दिएर जेल मुक्त गर्नुले लोकतन्त्रकै ध्वज्जी उडेको मात्र छैन सरकार र सत्ता गठबन्धन नै अपराधिको संरक्षक बनेको प्रष्ट भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports