विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गलत कार्यको भारी कांग्रेसले बोक्दैन : थापा

546
shares

 

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बाहिरबाटै समर्थन गर्न पार्टी सभापतिलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसका नेताहरु समेत सरकारमा सहभागि भएपनि उनीहरुले सन्तोषजनक काम गर्न नसकेको र प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकलौटी सरकार सञ्चालन गर्न दिएर आफूहरुले पनि २ वर्षपछि एकलौटी रुपमा सरकार सञ्चालन गर्न पाउनुपर्ने भनाई सार्वजनिक गरेका छन् ।
पुष्पकमल दाहालको नेतृत्वमा समाजवादी मोर्चा गठन गरिएको र सो मोर्चाले कांग्रेसलाई दबावमा राख्ने प्रयास समेत गरेको हुनाले सोही मोर्चालाई २ वर्षसम्म एकलौटी रुपमा सरकार चलाउन दिएको खण्डमा जस र अपसजको भारी उसैले बोक्नुपर्ने बताएका छन् । बाँकी रहेको समयमा कांग्रेसले एकलौटी सरकार सञ्चालन गर्नुपर्ने र त्यसबेला समाजवादी मोर्चाले कांग्रेस नेतृत्वको सरकारलाई सरकार बाहिर रहेको समर्थन गर्नुपर्ने थापाले बताएका छन् ।
त्यस्तो अवस्थामा मात्र कांग्रेसले आफ्नो नेतृत्वको सरकारले गरेका कामको जस र अपजसको भारी बोक्न सक्ने भन्दै अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेका कामको जस र अपजसको भारी कांग्रेसले बोक्न नसक्ने उद्घोष समेत गरेका छन् । जसको नेतृत्वमा सरकार बन्छ त्यसैले जस र अपजसको भारी बोक्नुपर्ने थापाको भनाई रहेको छ ।
महामन्त्री थापाले सुशासनको मुद्दालाई सत्तासँग वार्गेनिङ्ग गरेर केही सम्झौताहरु गर्न खोजेको र केही सम्झौताहरु समेत गरिएको भन्दै असन्तुष्टि जनाउँदै उनले भने सरकारले सुशासनको क्षेत्रमा कति काम गरेको छ, भने विषयमा कांग्रेसको केन्द्रीय समितिको बैठकमा उपसभापति समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले दिएको अभिव्यक्तिबाटै प्रष्ट भएको भन्दै मन्त्री गुरुङले असोज ८ गते पार्टीको बैठकमा भ्रष्टाचारका फाइल अघि बढाउँदा शिर्ष नेताहरु सिंहदरबारमा बैठकै बसेर फाइल अघि नबढाउन लागि परेका थिए । नक्कली भुटानी शरणार्थी काण्ड ललिता निवास जग्गा काण्ड र सुन तस्करी काण्डको थप फाइल खोल्न लाग्दा शिर्ष नेताहरुले नै ब्रेक लगाएको आरोप उपसभापति एवं मन्त्री गुरुङले लगाएको थापाले प्रष्टाएका थिए ।
यसरी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागि भएकै पार्टीका उपसभापति समेत रहेका मन्त्रीले नै यस्तो आरोप लगाउँदा समेत कांग्रेस किन माओवादीको भरिया भएर सत्ता लिप्सामा लागि परेको छ ? बहुदलीय व्यवस्थामा जसको सरकार बन्छ उसले जस अपजसको भारी बोक्नुपर्नेमा कांग्रेसले माओवादीले गरेका गलत कार्यको समेत भारी बोक्नुपर्ने अवस्था देखिएपछि पार्टी सभापति देउवा समेत प्रधानमन्त्री र माओवादीप्रति सन्तुष्ट नरहेको कांग्रेसकै नेताहरुले बताउन थालेका हुनाले दाहाल सकरारको आयु सकिनै लागेको हो भन्ने चर्चा समेत चल्न थालेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports