कैलालीमा प्रधानमन्त्री दाहाललाई कालो झण्डा देखाइयो
वि.सं.२०८० असोज २९ सोमवार १७:०३
shares

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालो झण्डा देखाइएको छ ।
आज सोमबार कैलालीको लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गर्न आएका प्रधानमन्त्री दाहाललाई क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले कालो झण्डा देखाएको हो ।
भवन शिलान्यास गरेर फर्किने क्रममा उनलाई कालो झण्डा देखाइएको बताइएको छ । व्याख्यात्मक टिप्पणीको नाममा ‘राष्ट्रघाती एमसीसी सम्झौता’ पास गरेको भन्दै उनलाई कालो झण्डा देखाइएको सो पार्टीले जनाएको छ ।






























